Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार

images
  • रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।

    images
    images
    images

    बुधबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव रहेको बताएका हुन् । उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहे पनि हालसम्म टुंगो नलागेको बताए ।  

    images
    images
    images

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि आफूहरूप्रति सद्‌भाव रहेको बताए । ‘कांग्रेस, माओवादीलगायत प्रधानमन्त्री प्रचण्ड स्वयम्‌ले पनि रास्वपा सरकारमा हुनुपर्छ भन्ने उहाँहरूको सद्‌भाव छ । तर, अहिलेको हाम्रो आवश्यकता उपनिर्वाचन हाम्रो लागि महत्त्वपूर्ण छ,’ उनले भने, ‘संवाद जारी छ । तर, टुंगिएको छैन । मलाई लाग्छ आज-भोलिमा टुंगिन्छ ।’

    images
    images
    images

    उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।