नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा नेतृत्व विकास तथा होम स्टे संचालन तालिम सुरू भएको छ। नगरपालिकाको वडा नं ६ मा एक हप्ते नेतृत्व विकास तथा होम स्टे संचालन सम्बन्धी तालिम मंगलबारबाट सुरू भएको हो ।
तालिमको उद्दघाटन गर्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदहमा महिलाहरुको लागि क्षमता अभिबृद्धि तालीम निकै आवश्यक र समग्र देवदह क्षेत्र विकासको लागि होम स्टे आवश्यक रहेको बताइन। यसअघि थुप्रै ठाउँमा होम स्टे सन्चालन सम्बन्धि विभिन्न तालिम दिईएको र त्यो तालिम पुर्ण रुपमा लागु नभइ तालिममा मात्र सिमित भएको उल्लेख गर्दै उपप्रमुख गुरुङले अब हुन लागेको तालिम व्यवहारमा लागू हुने गरि अगाडि बढाउँन आग्रह गरिन । होम स्टे संचालन गर्दा समग्र देवदहलाई विकास, समृद्धि , पहिचान गरि स्वदेशी तथा विदेशी पर्यटन भित्राउन निकै ठूलो भुमिका रहने उनको भनाई छ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन जिसि, नेपाल होम स्टे संघ नेपालका महासचिव कृष्ण चौधरी, शिक्षा तथा अनुसन्धान बिभाग सदस्य पुर्ण चन्द्र पोख्रेल, देवदह न्यायिक सदस्य देवि प्रसाद न्यौपाने, नाटा लुम्बिनी संघ अध्यक्ष रचना पन्थ, उद्योग संघका पुर्व उपाध्यक्ष विमला कार्की, नेपाल मगर संघ केन्द्रीय लेखा सदस्य जशु पुन, मगर संघ देवदह अध्यक्ष शोभा थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्झना रिङनाली घर्ती मगरको अध्यक्षतामा सम्पन्न तालिम उद्दघाटन कार्यक्रममा होम स्टे सन्चालन समितिका अध्यक्ष बिष्णु बरालले स्वागत गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology