देवदह । देवदह नगरपालिकाको नगर शिक्षा समिति बैठकले हालै सम्पन्न कक्षा-८ को नगरस्तरिय परिक्षाको नतिजा सन्तोषजनक नभएको ठहर गरेको छ। शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले सामुदायिक र संस्थागत दुवै विद्यालयको नतिजा सन्तोषजनक नआएको ठहर गर्दै विद्यालयको शैक्षिकस्तर नतिजा सुधार गर्न सरोकारवालासंग अन्तर्किया गर्ने निर्णय गरेको छ।
त्यसैगरी समितिको बैठकले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न छुट्याईएको दुई लाख ५० हजार ४ जना विद्यार्थीलाई उपलब्ध गराउने निर्णय गरेको छ । जसअनुसार एमविविएस अध्ययन गर्न अन्जु ज्ञवाली देवदह-९ लाई १ लाख , विएस्सि सिएसआइटी पढ्न अनुराधा पाण्डे देवदह ८ लाई ५० हजार, सिभिल इञ्जिनियरिङ्ग पढ्न सुप्रज्ञा न्यौपाने देवदह-४ लाई ५० हजार र बीएस्सी एग्रिकल्चर पढ्न कल्पना खनाल देवदह-५ लाई ५० हजार उपलब्ध गराउने निर्णय गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए।
त्यसैगरी देवदह नगरपालिकाले नमुना आधारभुत विद्यालय छनौटका लागि नगर शिक्षा अधिकारी टिकाराम शर्माको संयोजकतवमा समिति निर्माण गरेको छ। जसको सदस्यमा कृष्ण प्रसाद पौडेल, झबिन्द्र पाण्डे, ऋषिस्वर अर्याल र सदस्य सचिवमा पर्शुराम ढकाल रहेका छन्।
शिक्षा समिति बैठकले स्थानीय पाठ्यपुस्तक लेखन तथा प्रकाशन एक हप्ताभित्र सक्ने र यहि शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयमा अनिवार्य रुपमा लागू गर्ने निर्णय समेत गरेको जनाईएको छ।
११-१२ का कक्षा अनिवार्य दिउसोंमा, बिहानी कक्षाका लागि देवदहका विद्यार्थी बाहिर लैजान बन्देज
शिक्षा समितिको बैठकले देवदहका सामुदायिक र संस्थागत विद्यालयले ११ र १२ का कक्षा अनिवार्य दिउसों संचालन गर्न नगरसभाको निर्णय अनिवार्य कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै जिल्ला भरिका स्थानीय पालिकाको संयुक्त बैठकबाट बाहिरी क्षेत्रका विद्यालयले देवदहबाट बिहानी सत्रका विद्यार्थी लैजान नपाउने निर्णय गरिसकेको समेत शिक्षा समितिले प्रष्ट पारेको छ।
देवदह प्राबिधिक शिक्षालय स्थापना र संचालनका लागि समेत नगर शिक्षा समितिले नगर शिक्षा अधिकारी टिकाराम शर्माको संयोजकतवमा कार्यदल गठन गरेको छ । जसको सदस्यमा मित्रलाल न्यौपाने, गणेश डुम्रे, हरि प्रसाद पाण्डे, ऋषिस्वर अर्याल, कृष्ण प्रसाद पौडेल, निर्मल ढुंगाना, झबिन्द्र प्रसाद पाण्डे र सदस्य सचिवमा शिक्षा अधिकृत पर्शुराम ढकाल रहेका छन्।
देवदह क्षेत्रका सबै शैक्षिक संस्थाको तीन सय मिटर वरिपरि कुनै पनि सुर्तीजन्य र लागू औसधजन्य पदार्थ बेचबिखनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको शिक्षा समितिले अनुजा मिडिया प्रालि द्वारा देशभरका २० बेस्ट प्रिन्सिपल अवार्डबाट नगर शिक्षा समिती सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित भएकोमा बधाई दिएको जनाईएको छ।
एकैपटक १८ शिक्षकको सरूवा
विद्यालयको शैक्षिकस्तर अपेक्षित नरहेको ठहर गरेको नगर शिक्षा समितिले देवदहका माध्यमिक विद्यालयमा माबि शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेको छ। आवश्यकता र कार्यसम्पादनको आधारमा अन्य शिक्षकहरुको पनि सरुवा गर्ने निर्णय बैठकले गरेको जनाईएको छ ।
हेर्नुहोस सरुवा भएका शिक्षक र विद्यालयको सूची:

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology