Logo

२०८३, श्रावण ३०गते


images
images

एक मतको सकस

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, सभामुखको मत निर्णायक !

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, सभामुखको मत निर्णायक !

images
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै, सभामुखको मत निर्णायक !
    images
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बजे बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन् ।

    images
    images
    images

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

    images
    images
    images

    कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२(सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् । सत्ता पक्षले सांसदलाई फकाउन थालेपछि प्रतिपक्षी गठबन्धन पनि चनाखो बनेको छ ।

    प्रतिपक्षी गठबन्धन दलका नेताहरुले भने मुख्यमन्त्रीको प्रस्तावलाई फेल गराउने दाबी गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने बताए ।

    विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको प्रतिपक्षी गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।