Logo

२०८३, श्रावण ३०गते


images
images

कोशीको मुख्यमन्त्री दाबी गर्ने समय आज सकिंदै,  यस्तो छ दलहरूको तयारी

कोशीको मुख्यमन्त्री दाबी गर्ने समय आज सकिंदै,  यस्तो छ दलहरूको तयारी

images
  • कोशीको मुख्यमन्त्री दाबी गर्ने समय आज सकिंदै,  यस्तो छ दलहरूको तयारी
    images
    images

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ ।

    images
    images
    images

    प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् ।

    images
    images
    images

    गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् । राप्रपाले तत्काल निर्णय नदिएका कारण सभामुखलाई पनि जोडेर सरकारमा दाबी पेश गर्ने कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए ।

    images
    images
    images

    प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।

    गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । राप्रपालाई सहमतिमा ल्याउने जिम्मा उनलाई नै दिइएको थियो ।

    तर ६ सांसद भएको राप्रपाले निर्णय दिएको छैन । राप्रपाले समर्थन नगरे मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत नपाउने अवस्था छ । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले सरकारलाई सहयोग गर्ने कि नगर्ने भन्ने निर्णय भइनसकेको बताए ।

    ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।

    विश्वासको मत प्रयोजनका लागि बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन् । विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ ।

    एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएपछि यही असार १५ गते ढलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।