Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चाद्वारा चार सदस्यीय कार्यदल गठन: सातै प्रदेशमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाद्वारा चार सदस्यीय कार्यदल गठन: सातै प्रदेशमा कार्यक्रम गर्ने

images
  • समाजवादी मोर्चाद्वारा चार सदस्यीय कार्यदल गठन: सातै प्रदेशमा कार्यक्रम गर्ने
    images
    images

    काठमाडौँ । समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।
    एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिवार बसेको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन गरेको मोर्चाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    ‘आज चार जनाको कार्यदल बनेको छ ।’ उनले भने ‘सामान्यतया मोर्चाको अध्यक्षता ६ —६ महिनामा गर्ने भन्ने समझदारी छ ।’

    images
    images
    images

    २७ गतेसम्ममा कार्यदलले अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ ।

    images
    images
    images

    उनले मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने नेकपा एसका उपाध्यक्ष समेत रहेका पाण्डेले बताए 

    मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम कहिले हुने भन्ने निर्णय भने २७ गते घोषणा हुने पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।