Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चाले बुटवलमा सन्देशसभा गर्ने

समाजवादी मोर्चाले बुटवलमा सन्देशसभा गर्ने

images
  • समाजवादी मोर्चाले बुटवलमा सन्देशसभा गर्ने
    images
    images

    बुटवल । समाजवादी मोर्चाले आगामी भाद्र १२ गते बुटवलमा मोर्चाको प्रदेश समिति घोषणासहित सन्देशसभा गर्ने भएको छ । आइतबार बुटवलमा पत्रकार भेटघाट गर्दै मोर्चाले बुटवलमा सन्देश सभा गर्ने र सभालाई प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सम्बोधन गर्ने बताए।

    images
    images
    images

    मोर्चामा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालका नेता सम्मिलित पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादीका केन्द्रिय सचिव हितमान शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न मोर्चा आवश्यक रहेको र मोर्चागत एकता पार्टी एकतासम्म पुर्याउने गरि तयारी भैरहेको बताए। 

    images
    images
    images

    देशको  मुख्य समस्या नै भ्रष्टाचार  भएको उल्लेख गर्दै नेता शाक्यले हालको सरकारले भ्रष्टचार नियन्त्रणमा महत्वपुर्ण काम गरिरहेको हुनाले आवस्यक सहयोग र खबरदारी संगसंगै हुने धारणा व्यक्त  गरे। 

    images
    images
    images

    पत्रकारसंग कुराकानी गर्दै मोर्चाका अर्का नेता नेत्रविक्रम चन्द नेकपा निकट नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्ने र समाजवादको दिशामा अगाडी बढ्ने विषय नै समाजवादी मोर्चाको मुख्य कार्यदिशा रहेको बताए।  

    मोर्चाले बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने सन्देश सभालाई दिनको एक बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने मोर्चाले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।