Logo

२०८३, श्रावण ३०गते


images
images

समाजवादी मोर्चाले सातै प्रदेशमा 'सन्देश सभा' गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा 'सन्देश सभा' गर्ने

images
  • समाजवादी मोर्चाले सातै प्रदेशमा 'सन्देश सभा' गर्ने
    images
    images

    काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकले भदौ ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

    images
    images
    images

    मोर्चा निर्माणको उद्देश्यबारे जानकारी दिन सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ । मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थनसमेत गरेको छ ।

    images
    images
    images

    सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।