Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह

नक्कली लालपूर्जा दिने बुटवलको टोल विकास संस्था नियन्त्रणमा

नक्कली लालपूर्जा दिने बुटवलको टोल विकास संस्था नियन्त्रणमा

images
  • नक्कली लालपूर्जा दिने बुटवलको टोल विकास संस्था नियन्त्रणमा
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाले नक्कली लालपूर्जा दिने र गैरकानुनी रुपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ।

    images
    images
    images

    बुटवल ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा मंगलबार दिउसो पुगेको टोलीले नक्कली लालपूर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रुपमा लालपूर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले सबै कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए।

    images
    images
    images

    उनाका अनुसार टोल विकास संस्थाको क्षेत्राधिकार बाहिर गएर जग्गासम्बन्धि काम गरेको पाइएकाले टोल विकास संस्थालाई आवश्यक कारबाही गरिनेछ।

    टोल विकास संस्थाले लालपूर्जाका नाममा १ हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीय ललिता गुरुङले बताउनुभयो। उहाँका अनुसार लालपूर्जा पाउने भन्दै स्थानीयलाई शुल्क तिर्न बाध्य बनाइएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।