Logo

२०८३, श्रावण ३०गते


images
images

कोशी प्रदेशका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

कोशी प्रदेशका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

images
  • कोशी प्रदेशका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री
    images
    images

    विराटनगर । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    images
    images
    images

    कोशी प्रदेश सभामुख विहीन छ ।  सत्तारुढ गठबन्धनले उपसभामुख  सृजना दनुवारको राजीनामा आए मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।

    images
    images
    images

    राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    images
    images
    images

    साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट  प्रदेश सभा बैठक बोलाएका छन् ।

    उपसभामुखले राजीनामा दिएको अवस्थामा  ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्थ्यो । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्दैन थिए ।

    उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने योजनासहित मण्डललाई गठबन्धनकाले राज्यमन्त्री नियुक्त गरेको  हो ।

    कांग्रेसका मण्डल  ८० वर्षका  हुन्  । उनीपछि जेष्ठ सदस्य एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की छन् । त्यसपछि पनि एमालेका सांसदहरू मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो ६८ वर्षका छन् ।

    मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नेछन् ।

    उपसभामुखको राजीनामा नदिई बिदामा बस्ने तयारी छ । बिदामा बसे उपसभामुखले अध्यक्ष  मण्डलका सदस्यलाई बैठक सञ्चालनको जिम्मेवारी  दिनसक्नेछिन् । तर  गठबन्धन र प्रतिपक्षी दल दुवै दलबाट अध्यक्ष मण्डलको सदस्य बनेका सांसद जिम्मेवारी लिन तयार छैनन् ।

    अध्यक्ष मण्डलमा राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट मालती सुब्बा, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना सदस्य छिन् ।

    उपसभामुखले राजीनामा दिएको अवस्थामा भने अध्यक्ष मण्डल खारेज हुनेछ ।

    ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश सभामा मुख्यमन्त्रीको दल नेपाली कांग्रेसका २९ सांसद छन्  । माओवादी केन्द्रका १३, नेकपा  एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसदको समर्थन थापालाई छ । विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ सांसद छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।