Logo

२०८३, श्रावण ३०गते


images
images

चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन

चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन

images
  • चैतभित्रै योजना सम्पन्न गर्ने गरी काम गर्न नगरप्रमुख पाण्डेयको निर्देशन
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चैतभित्रै योजना सम्पन्न हुने गरी काम अगाडि बनाउन योजना र वडा कार्यालयहरुलाई निर्देशन दिएका छन ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले वर्षायाम लागेपछि योजना सम्पन्न गर्नतर्फ लाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्नका लागि बुटवलमा नियमित रुपमा सरसफाई अभियान सञ्चालन गरिरहेको, खाली क्षेत्रमा वृक्षरोपण गर्ने र हरियाली बनाउने, विभिन्न स्थानमा पार्कहरु निर्माण गर्ने काम अगाडि बढाएको बताए ।

    images
    images
    images

    उनले सडक क्षेत्रका छाडा चौपाया व्यवस्थापनको व्यवस्थापनका लागि दुई खालका नीति अपनाउँदै काम अगाडि बढाएको बताए । उनले तत्काल, गौशाला सञ्चालन गरी बुटवलको सडकमा रहेका छाडा चौपायालाई गौशालामा व्यवस्थित गर्ने र अन्यत्रबाट थपिदै जाने अवस्था भएकाले दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार तथा स्थानीय सरकारहरुसँग सहकार्य गर्ने गरी नीति र कार्यक्रम ल्याएको बताए ।

    ‘यसअघि जसले छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मा लिएर नगरबाट रकम लगिरहेको थियो, त्यसले अहिले छाडा चौपाया व्यवस्थापन नगरी अरु काम गरिरहेकाले त्यसलाई खारेज गरी नयाँ प्रक्रियाको लागि खुला आह्वान गरेका छौं, –उनले भने–जसअनुसार खुला आह्वानबाट छानिनेले बुटवलको छाडा चौपायाको व्यवस्थापन गर्ने गरी नगरले जिम्मा दिनेछ ।’

    उनले बुटवल र बुटवलजस्ता अरु शहरहरुमा अन्यत्रबाट गाइवस्तु आउने र सडकमा बस्ने भएकाले राजमार्ग क्षेत्रका स्थानीय तहहरु र प्रदेश सरकारको समन्वयमा प्रदेशस्तरको गौशालासहितको संरक्षण केन्द्र बनाउने गरी प्रदेश सरकारसँग छलफल भइरहेको बताए ।

    उनले गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न गृहिणी महिला रोजगार कार्यक्रम, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताए । उनले छिटै नै बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन गर्ने र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने बताए । प्रमुख पाण्डेयले लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्क बनाउँदै पार्किङ भवन र व्यवसायिक कोशेली भवन निर्माण गरिने बताए ।

    उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउने र  रात्रीकालीन बजार सञ्चालन गर्ने तयारी रहेको बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बजारलाई व्यवस्थि तगर्नका लागि नियमित अनुगमन र व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको बताइन । उनले बुटवललाई व्यवस्थित र सफा सहर बनाउनका लागि सबै क्षेत्रको साथ जरुरी रहेको बताइन ।

    बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख मित्रमणि खनालको सञ्चालनमा भएको कार्यक्रममा बुटवलका राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले बोल्दै बजेट र कार्यक्रमले सबै क्षेत्र समेटेको देखिएअनुसार कार्यान्वयनमा जोड दिन सुझाव दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।