Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षक आन्दोलन

शिक्षक आन्दोलन : विद्यालयको गेटमा गरे देवदहका शिक्षकले हाजिर

शिक्षक आन्दोलन : विद्यालयको गेटमा गरे देवदहका शिक्षकले हाजिर

images
  • शिक्षक आन्दोलन : विद्यालयको गेटमा गरे देवदहका शिक्षकले हाजिर
    देवदहको केरवानी मावि अगाडि भेला भएका शिक्षकहरू । तस्वीर : राहुलदेव सापकोटा/ सेतोमसी
    images
    images

    देवदह । संसदमा दर्ता भएको शिक्षा ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिएको भन्दै देशभरका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरू आन्दोलित छन् । शिक्षकहरूको आन्दोलन काठमाडौं केन्द्रित भएपनि स्थानीयस्तरमा समेत उनीहरूले आन्दोलन कायम राखेका छन् ।

    images
    images
    images

    देवदहका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षक र कार्यरत कर्मचारी गरि करिव चार सय ५० मध्ये ७८ जना शिक्षक आन्दोलनको लागि  काठमाडौं पुगेका छन्।  शिक्षक महासंघका देवदह अध्यक्ष निर्मल ढुंगानाको नेतृत्वमा केही शिक्षकहरू काठमाडौं पुगेको र अन्य शिक्षकहरूले स्थानियस्तरमै आन्दोलन स्वरूप विद्यालयको गेटमा हाजिर गरेको शिक्षक महासंघ देवदहका सहसचिव हिरण्यलाल लम्सालले जानकारी दिए।  

    images
    images
    images
    शिक्षक आंदोलन देवदह .jpg

    शिक्षकहरूको स्थानीयस्तरको आन्दोलन कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा सहसचिव लम्सालले देवदहका ६ वटा विद्यालयमा केन्द्रित रहेर विद्यालय बाहिर गेटमा हाजिर गरिने बताए । उनले भने, "६ वटा विद्यालयमा शिक्षकहरू बिहान १० बजे जम्मा हुन्छौं। हामी विद्यालयभित्र प्रवेश गर्दैनौं, गेटमा राखिएको रजिस्टरमा हाजिर गरेर ४ बजेसम्म बस्छौं ।"

    images
    images
    images

    शिक्षक लम्सालका अनुसार देवदहको सिक्टहन माविमा शिक्षक दुधनाथ कुँवरको नेतृत्वमा, केरवानी माविमा शिक्षक हिरण्यलाल लम्सालको नेतृत्वमा, भविष्य निर्माण माविमा शिक्षक गंगाधर खनालको नेतृत्वमा, महामाया भवानी माविमा शिक्षक चिरन्जीवी रेग्मीको नेतृत्वमा, जनप्रिय माविमा शिक्षक रमेश थापाको नेतृत्वमा र सिता माविमा शिक्षक लेखनाथ थापाको नेतृत्वमा शिक्षक भेला भएर विद्यालय बाहिर हाजिर गरेका छन्। 

    यसैविच सेतोमसीसंग कुरा गर्दै शिक्षक महासंघका देवदह अध्यक्ष निर्मल ढुंगानाले आन्दोलन बाध्यता भएको र आन्दोलन गरिरहदा आफूहरूले आफ्नो पेशागत दायित्व नभुलेको बताएका छन्। विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न अनुरोध गर्दै अध्यक्ष ढुंगानाले विदाको समयमा पढाएर आफूहरूले क्रेडिट आवर पुर्याउँने र बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन हुन नदिने बताएका छन्।

     


     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।