Logo

२०८३, आश्विन ९गते


images
images

देवदहका ज्ञवालीको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयको विरोध प्रदर्शन

देवदहका ज्ञवालीको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयको विरोध प्रदर्शन

images
  • देवदहका ज्ञवालीको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयको विरोध प्रदर्शन
    images
    images
    राहुल देव सापकोटा, देवदह । भाद्र १६ गते रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ का सोमनाथ ज्ञवालीको शव आफ्नै घरको गोठमा फेला पर्यो।  प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या ठहर गरेपछि मृतकको काजक्रिया समेत गरियो। तर, घटना घटेको लामो समयपछि स्थानीयले ज्ञवालीको आत्महत्या नभई हत्या भएको भन्दै बिरोध जनाएका छन् ।

    मंगलबार स्थानीयहरू मृतकको घर नजिकको प्रगति माध्यमिक विद्यालयमा भेला भएर घटनाको निष्पक्ष छानविनको माग गरे। प्रहरीले प्रयाप्त अनुसन्धान नगरी आत्महत्या ठहर गरेको भन्दै  उनीहरूले बिरोध जनाए । 

    images
    images
    images

    विरोधमा उत्रिएकामध्ये एकजना महिला विद्या थापाले घटना शंकास्पद रहेको भन्दै प्रहरीले गुपचुप रूपमा मिलाउन खोजेको आरोप लगाइन। त्यसैगरी स्थानिय भीमकान्त काफ्लेले अत्यन्तै असल स्वभावका ज्ञवालीले आत्महत्या गर्ने नसक्ने दावी गर्दै उनको हत्या भएको प्रमाणित गर्ने तथ्यहरू रहेको दावी गरे । मृतकका एक आफन्त राजु ज्ञवालीले आफुलाई आत्महत्या भन्नेमा शंका लागेको भन्दै शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आधार देखिए पनि प्रहरीले त्यतातर्फ ध्यान नदिएको गुनासो गरे ।

    images
    images
    images

    मृतककी श्रीमती मीना ज्ञवालीले परिवारमा राम्रो सम्बन्ध रहेको र कुनै पनि समस्या नरहेको भन्दै श्रीमानले आत्महत्या गरेकोमा आफु अझै पनि विश्वस्त हुन नसकेकोले घटनाको थप अनुसन्धान गर्न आग्रह गरिन। 

    images
    images
    images

    देवदह नगरपालिका वडा नम्बर १२ का अध्यक्ष डेगबहादुर सारुले ज्ञवालीको थप अनुसन्धान आवश्यक रहेको भन्दै जिल्ला प्रशासनमा उजुरी दिन आफूहरूले वडा कार्यालयबाट सिफारिस समेत गरिसकेको बताए । 

    स्थानिय, मृतकका आफन्त र वडा अध्यक्ष समेत घटना संकास्पद भएको र अनुसन्धानमा विश्वस्त हुन नसकेको भन्दै विरोधमा उत्रिएपछि घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापासंग कुरा गर्दा उनले प्रारम्भिक अनुसन्धानले ज्ञवालीले आत्महत्या गरेको देखिएको बताए। अनुसधान नसकिएको र हालसम्म प्राप्त अनुसन्धानका रिपोर्टले आत्महत्या भएको देखाएको भन्दै उनले अनुसन्धान जारी रहेको बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।