देवदह । रुपन्देहीको देवदह नगरपालिकाले कर सहभागिता अभियान-२०८० घोषणा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमबीच “कर सहभागिता अभियान-२०८०” घोषणा गरेको हो।
कर सहभागीता अभियान घोषणाका कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले आन्तरिक आम्दानी बढाएर वार्षिक २० करोड कर उठाउने लक्ष्य रहेको खरेलले बताए । कर तिर्नु आम नागरिकको नैतिक कर्तव्य रहेको बताउंदै उनले कर संकलनको लक्ष्य पूरा गर्न अभियानमा सहभागी हुन नगरबासीलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै राजस्व परामर्श समितिको संयोजक तथा देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङ्गले देवदह नगरपालिकाले नागरिकलाई कर तिर्नका लागि आफुहरुले सहज परिस्थिति निर्माण गरिरको बताइन। उनले आफुहरुले नगरपालिकालाई कर मैत्री बनाउन लागेको बताइन । उनले बढी कर तिर्ने सेवाग्राहीलाई नगर सभाबाट सम्मान समेत गरिने बताइन। उनले कर्मचारीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न आग्रह गरेकी छन ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदह नगरपालिका ‘नो ट्याक्स, नो पे’ नीतिमा अगाडी बढेको जानकारी दिए । उनले आन्तरिक आम्दानी वृद्धिका लागि कर सहभागीता अभियानले सहयोग पुर्याउने बताए ।
उक्त कार्यक्रममा देवदह नगरपालिकाका वडा अध्यक्षहरु, जनप्रतिनिधि, उद्योगी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology