Logo

२०८३, श्रावण ३०गते


images
images

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई देवदह नगरपालिकाको 'बेबी केयर गिफ्ट'

३५ दिनभित्र जन्मदर्ता गर्नेलाई देवदह नगरपालिकाको 'बेबी केयर गिफ्ट'

images
  • ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई देवदह नगरपालिकाको 'बेबी केयर गिफ्ट'
    images
    images

    देवदह ।  देवदह नगरपालिकाले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरेमा उपहार दिने भएको छ । अभिभावकलाई समयमै बालबालिकाको जन्मदर्ता गराउन उत्प्रेरित गर्ने उद्धेश्यले 'बेबी केयर गिफ्ट' अभियान सुरू गरिएको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए । 

    images
    images
    images

    "समयमै जन्मदर्ता कानुनी आधार, बालबालिकाको स्वस्थ्यको लागि उपहार" नारा दिईएको उक्त अभियान अन्तर्गत समयमै जन्मदर्ता गर्ने अभिभावकलाई 'हिमालय ब्राण्डको हेप्पी बेबी गिफ्ट प्याक' निशु;क प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    समयमै जन्मदर्ता नगराईदा पछि बच्चाले अनेक झन्झटको सामना गर्नुपर्ने भएकोले बालमैत्री स्थानिय शासनकै एउटा महत्वपूर्ण अभियानको रूपमा देवदहका सबै वडामा अभियान संचालन हुने र आज एक कार्यक्रमबीच वडा नम्बर ५ बाट अभियानको सुरुवात गरिने वडा नं ५ का अध्यक्ष समेत रहेका  प्रवक्ता डुम्रेले जानकारी दिए ।

    images
    images
    images

    चालु आर्थिक वर्षमा यस अभियानको लागि नगरपालिकाले पाँच लाख बिनियोजन गरेको छ ।  'बेबी केयर गिफ्ट' अभियानले कम्तिमा थप ३५ प्रतिशत बालबालिकाको जन्मदर्ता समयमै हुने लक्ष्य नगरपालिकाले लिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।