Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा विमानस्थल उद्घाटनको एक वर्षपछि संचालनमा आयो अध्यागमन कार्यालय  

पोखरा विमानस्थल उद्घाटनको एक वर्षपछि संचालनमा आयो अध्यागमन कार्यालय  

images
  • पोखरा विमानस्थल उद्घाटनको एक वर्षपछि संचालनमा आयो अध्यागमन कार्यालय  
    images
    images

    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ । विमानस्थलको उद्घाटनको झन्डै वर्ष दिनमा बिहिबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको थियो । तर, अध्यागमन कार्यालय भने थिएन ।

    images
    images
    images

    नेपाल सरकारका उपसचिव लिलाभल्लव न्यौपानेको नेतृत्वमा विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा छ । न्यौपानेका अनुसार २७ जनाको दरबन्दी छ । हाल १० जना कर्मचारी हाजिर भएर कार्यालय सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

    images
    images
    images

    पोखरामा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता सहभागि हुन चार्टड जहाजमामार्फत आउने चिनियाँ खेलाडी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् । आज साँझ नै चिनियाँ खेलाडी पोखरा आउदैछन् ।

    ‘काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा दिइनेछ’ अध्यागमन प्रमुख न्यौपानेले भने ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । चार्टड उडानमै सीमित छ । यहाँ पहिलो चार्टड उडान असार ६ गते चिनको छेन्दु सहरबाट सिचुवान एअरलाइन्सले गरेको थियो ।

    गत असारमा पोखरामा भएको चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी र पाहुन उक्त विमानमा सवार थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।