Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा विमानस्थलको अनियमितताबारे ३८ पृष्ठको प्रतिवेदन बुझाइयो

पोखरा विमानस्थलको अनियमितताबारे ३८ पृष्ठको प्रतिवेदन बुझाइयो

images
  • पोखरा विमानस्थलको अनियमितताबारे ३८ पृष्ठको प्रतिवेदन बुझाइयो
    images
    images

    काठमाडौं । पोखरा क्षेत्रीय विमानस्थलको अध्ययन प्रतिवेदन संसदीय उपसमितिले प्रतिनिधि सभाको लेखा समितिलाई बुझाएको छ । सो प्रतिवेदन सोमवार संसद भवन नयाँ बानेश्वरमा एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् ।

    images
    images
    images

    उपसमितिले पोखरा विमानस्थलको निर्माण र सञ्चालनमा भएका अनियमितताका बारेमा अध्ययन गरी ३८ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा विशेष गरी विमानस्थलको निर्माण र सञ्चालनमा भएका समस्याहरु र अनियमितता माथि ६ वटा निष्कर्ष प्रस्तुत गरिएको छ ।

    images
    images
    images

    प्रतिवेदन बुझाउँदै लिङदेनले भने, "हामीले ६ वटा निष्कर्षहरु निकालेका छौं, जसको विस्तृत जानकारी समितिको बैठकपछि सार्वजनिक हुनेछ ।" उनले विमानस्थल निर्माण र सञ्चालनमा देखिएका समस्याहरुलाई समावेश गर्दै प्रतिवेदन तयार गरिएको बताए ।

    images
    images
    images

    पोखरा विमानस्थल २४ अर्बको लगानीमा २०७९ पुसमा निर्माण सम्पन्न भएको थियो। अब प्रतिवेदनलाई छिट्टै मुल समितिमा लैजाने र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने समितिका सभापति पोखरेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।