काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताउनुभएको छ । बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए ।
सांसद बाँस्कोटाले प्रतिवेदन बनाउन धेरै मेहनत भएपनि त्यो अपूरो रहेको बताए । उनले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि खोजविन हुनुपर्ने भन्दै अझै राम्रोसँग अध्ययन जरुरी रहेको बताए ।
उनले भने, ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने यो प्रतिवेदनको विषयमा मेहनत भएको छ । तर त्यसको केही चिजहरुमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन । यो विषयमा छानविन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology