Logo

२०८३, श्रावण ३०गते


images
images

सामूदायिक विद्यालय सुधार योजना

'सुनवलमा नगर कोषबाट तलब, भत्ता लिनेका बच्चा सामूदायिक स्कुलमा'

'सुनवलमा नगर कोषबाट तलब, भत्ता लिनेका बच्चा सामूदायिक स्कुलमा'

images
  • 'सुनवलमा नगर कोषबाट तलब, भत्ता लिनेका बच्चा सामूदायिक स्कुलमा'
    images
    images

    देवदह । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कोषबाट तलब एवम भत्ता सुविधा प्राप्त गर्ने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरेको छ । 

    images
    images
    images

    बुधबार प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले एक सूचना जारी गर्दै नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा 'सुनवल नगरपालिकाको नगर कोषबाट सुविधा / तलब भत्ता लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु समुदायक विद्यालयमा अध्ययन अध्यापन गराउनु पर्ने व्यवस्था लागू गरिनेछ' भन्ने नीतिगत व्यवस्था भएको जनाएका छन् । उनले नगरपालिकाको नीति तथा कार्यक्रमको व्यवस्था अनुसार आगामी शैक्षिक सत्रमा नगर कोषबाट तलब, भत्ता लिनेका बच्चा सामूदायिक स्कुलमा भर्ना भर्ना सूचित गरेका हुन् । 

    images
    images
    images

    सूचनामा भनिएको छ, "सुनवल नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको सामाजिक विकासको बुँदा नं. २ को ११ मा उल्लेख भए अनुसार 'सुनवल नगरपालिकाको नगर कोषबाट सुविधा / तलब भत्ता लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु सामुदायिक  विद्यालयमा अध्ययन अध्यापन गराउनु पर्ने व्यवस्था लागू गरिनेछ' भन्ने नीतिगत व्यवस्था भएकाले सम्पूर्ण जनप्रतिनिधि, सबै प्रकारका शिक्षक, कर्मचारीहरुलाई आगामी शैक्षिक सत्र २०८१ मा आ-आफ्ना बाबुनानी यहाँहरुलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्नुहुन अनुरोध छ । यस कार्यमा सहयोग गर्नु हुन सम्पूर्ण सरोकारवालाहरु, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल र नागरिक समाजसँग सुनवल नगरपालिका हार्दिक अनुरोध गर्दछ ।"

    images
    images
    images

    नगरपालिकाले जारी गरेको सूचनाबारे थप सेतोमसीले राखेको जिज्ञासामा नगरप्रमुख बिमला अर्यालले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको निम्ति नगरपालिकाले यस्तो निर्णय गरेको बताइन् । राज्यले लगानी गरेका विद्यालयमा विद्यार्थी संख्या राम्रो हुनुपर्छ र गुणस्तरमा समेत अन्यको तुलानामा सामुदायिक विद्यालय नै राम्रो हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले नगरपालिकाको निर्णय कार्यान्वन गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । 

    सुनवल नगरपालिका भित्रमा  दुई सामुदायिक सहित ५ क्याम्पस र ३२ सामुदायिक विद्यालय सहित ४९ वटा विद्यालय छन् ।

    हाल सुनवलका विभिन्न विद्यालयमा १३ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।  नगरपालिकाको निर्णय कार्यान्वयन भए सरकारी विद्यालयमा १० देखि १५ प्रतिशत विद्यार्थी बढ्ने सरकारी अनुमान छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।