Logo

२०८३, श्रावण ३०गते


images
images

पार्टी निकट कर्मचारी नआएपछि अधिकृतको हाजिर रोकिदिएको आरोप

प्रशासकीय अधिकृत नहुँदा सुनवल नगरपालिकाको काम ठप्प

प्रशासकीय अधिकृत नहुँदा सुनवल नगरपालिकाको काम ठप्प

images
  • प्रशासकीय अधिकृत नहुँदा सुनवल नगरपालिकाको काम ठप्प
    images
    images

    रेशम अधिकारी। पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा विगत १० दिन देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका सेवाग्राही समस्यामा परेका छन् । नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ ।

    images
    images
    images

    नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृत रमेश गौतमलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएपछी नगरबाट हुने सामाजिक सुरक्षा (वृद्ध) भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट वञ्चित हुनुका साथै विकास निर्माणका सम्पूर्ण काम तथा गतिविधि पूर्णरूपमा ठप्प छन् ।

    images
    images
    images

    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते गौतमलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनवल पठाएको थियोे। तर कार्यलय हाजिर हुन गएका गौतमलाई नगर प्रमुख अर्यालले केहि दिन हाजिर नगर्न आदेस दिइन्। अर्यालले पार्टी निकट कर्मचारी नआएपछि हाजिर रोकिदिएको गम्भीर आरोप समेत लागेको छ ।

    images
    images
    images

    यता नगरपलिकाको आर्थिक बर्षसम्म पुरानै प्रसासकिय अधिकृत भक्तिराम मरासिनीलाई निरन्तर दिएर काम गर्ने वातावरण बनाउन सम्बन्धि मन्त्रालय समेत पहल गरेको बताइन् । उनले महिला नगर प्रमुख भएकै बिरोधिले अनेकौं निराधार आरोप लगाएको कारण काम गर्ने उचित वातावरण नबनेको समेत आरोप लगाइन् । अर्यालले खोला ठेगदार गर्ने समुहले आफ्नो अनुकूलको प्रशासकिय अधिकृत ल्याएको आरोप लगाएकी हुन।

    प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो नलाग्दा नगरपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता,अनुगमनदेखि आर्थिक कारोबार पूर्णरूपमा ठप्प छ । कार्यालयको काममा ढिलाइ हुँदा नगरका सर्वसाधारण मारमा परेका छन् ।विकास योजनाका काम सुरु नहुँदा नगरपालिकामा आएको बजेटसमेत फिर्ता हुन्छ कि भनेर चिन्ता थपिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।