सुनवल । सुनवल नगरपालिकाले आइतबारे हाटबजारको अनुगमन गरेको छ । सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सिनाको संयोजकत्वमा वडा नम्बर १ सोमनाथको हाटबजार अनुगमन भएको हो ।
अनुगमन गर्दा कम तौलका ढकहरूको प्रयोग भइरहेको, गुणस्तर तथा नापतौल विभागको स्टिकर बिनानै काटा प्रयोग भएको, साथै अव्यवस्थित रुपमा माछामासु पसल सञ्चालनमा रहेको र स्वास्थ्यका मापदण्ड नअपनाइएको साथै म्याद गुज्रेका वस्तुहरू समेतको प्रयोग भएको पाइएको अनुगमन टोलीका संयोजक तिमिल्सिनाले जानकारी दिइन ।
अनुगमनमा कार्यपालिका सदस्य सिता भण्डारी, उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजु भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च नगर अध्यक्ष विष्णु पौडेल, नगर पशु स्वास्थ्य शाखा प्रमुख मिसिरी प्रसाद खड्का, नगरप्रहरी निरीक्षक दिपक तिवारी, इलाका प्रहरी कार्यलय सुनवल, राष्ट्रिय अनुसन्धान प्रतिनिधि, लगायतका सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology