Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवलमा गृहिणी महिलाको विद्यालय

सुनवलमा गृहिणी महिलाको विद्यालय

images
  • सुनवलमा गृहिणी महिलाको विद्यालय
    images
    images

    परासी ।  सुननवल नगरपालिकाले महिला विद्यालयको शुभारम्भ गरेको छ। गृहिणी  महिलाहरुलाई लक्षित गर्दै लुम्विनी समता महिला विद्यालयको शुरुवात गरिएको हो।

    images
    images
    images

    लुम्विनी माध्यमिक विद्यालयमा संचलन भएको महिला विद्यालयमा कक्षा ४ देखि १० सम्म महिलाहरुलाई भर्ना गरी पठनपाठन संचालन गरेको  विद्यालयका प्राचार्य हुमनाथ सुबेदीले जानकारी दिए। महिला विद्यालयको सोमबार कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

    images
    images
    images

    महिला दिदिवहिनीहरुलाई सचेत र सिपवान बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताइन्। महिलाहरुलाई सक्षम र सवल बनाउनका साथै समाज रुपान्तरणकोलागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई छ।

    images
    images
    images

    महिला विद्यालयको शुभारम्भ लुम्विनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतामा शुभारम्भ कार्यक्रममा महिला शिक्षा उपसमिति संयोजक मिना शर्मा ढकालको लगायतले शुभकामना व्यक्त गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।