देवदह । देवदहको केरवानी माध्यमिक विद्यालयमा एकदिने विद्यार्थी, अभिभावक उत्प्रेरणा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ८ र १० का विद्यार्थी र अभिभावकहरुलाई नतिजा सुधारका लागि विद्यालयले कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक निर्मल ढुङ्गानाले बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले कक्षाको शिक्षा र सैद्धान्तिक शिक्षाभन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताए । विद्यालयमा प्रदान गरिने शिक्षामा सैद्धान्तिकसहित व्यवहारिक शिक्षा हुन जरुरी रहेको बताउंदै उनले विद्यार्थी र शिक्षकबीच सिकाईको प्रक्रिया साथै विद्यालयले विद्यार्थीहरुलाई फरक ढंगले गाइड गर्न सकेमा विद्यार्थीको भविष्य उज्वल हुने दावी गरे।
विद्यालयमा अध्यापन गराँउदा हरेक शिक्षकले विद्यार्थीको चाहानालाई बुझेर अध्यापन गराउनु पर्नेमा जोड दिँदै सापकोटाले उत्प्रेरणामुलक कार्यक्रमले विद्यार्थीहरुलाई राम्रो उपलब्धि हुने बताए ।
पाठक फुटल्यान्डमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले विद्यार्थी सफल हुन आफ्ना अभिभावकले के गर्नु पर्छ, आफ्ना बानी व्यवहार लाई कसरी परिवर्तन गर्ने, आफ्ना सपना कसरी पूरा गर्ने, आफ्ना अपेक्षा कसरी पूरा गर्ने, काम गरेपछि गन्त्यब पूरा हुने छ भन्नेबारे उत्प्रेरणा कार्यक्रमले पाठ सिकाउने बताए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष सुशीला भट्टराई, प्रशिक्षक दिनेश खड्का लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology