Logo

२०८३, श्रावण २७गते


images
images

कक्षा–१२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई केरवानी माविको सम्मान

कक्षा–१२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई केरवानी माविको सम्मान

images
  • कक्षा–१२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई केरवानी माविको सम्मान
    images
    images

    देवदह । देवदह नगरपालिका–५, खैरेनीस्थित केरवानी माध्यमिक विद्यालयले कक्षा–१२ (एसएलसी) परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शतप्रतिशत नतिजा ल्याउने विषयगत शिक्षकहरूलाई सम्मान गरेको छ ।

    images
    images
    images

    विद्यालयले बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । कार्यक्रममा विद्यालयको शैक्षिक उपलब्धिमा योगदान पुर्‍याउने शिक्षकहरूलाई समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, नगर शिक्षा शाखा प्रमुख पर्शुराम ढकाल, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, क्याम्पस प्रमुख जयकिसन अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र पाण्डेय, विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले केहि दिनअघि प्रकाशित गरेको कक्षा १२ को नतिजामा केरवानी मावि ले ६८.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो ।

    परीक्षामा सहभागी १०७ जना विद्यार्थीमध्ये ७३ जना विद्यार्थीले सबै विषयमा  ग्रेड प्राप्त गरेको  विद्यालयका प्रधानाध्यापक निर्मल  ढुंगानाले जानकारी दिए ।

    परीक्षामा सहभागी विद्यार्थीमध्ये ज्ञानुमाया सुनारले सर्वाधिक ३.६६ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।

    अनुत्तीर्ण भएका विद्यार्थीमध्ये अधिकांशलाई एउटा र केहीलाई दुई वटा विषय मात्र लागेकोले पूरक परिक्षाको नतिजा आउँदा विद्यालयको समग्र नतिजा ९० प्रतिशत पुग्ने अनुमान गरिएको प्रधानाध्यापक ढुंगानाको भनाई छ । 

    यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत, आंशिकतर्फ ४२.३८ प्रतिशत तथा समग्रमा ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।