Logo

२०८३, श्रावण २७गते


images
images

केरवानीमा कक्षा १२ उत्तिर्ण विद्यार्थी र शतप्रतिशत नतिजा दिने शिक्षक सम्मानित

केरवानीमा कक्षा १२ उत्तिर्ण विद्यार्थी र शतप्रतिशत नतिजा दिने शिक्षक सम्मानित

images
  • केरवानीमा कक्षा १२ उत्तिर्ण विद्यार्थी र शतप्रतिशत नतिजा दिने शिक्षक सम्मानित
    images
    images

    नविन लुइँटेल, देवदह । देवदह नगरपालिका वडा नं ५ स्थित केरवानी माध्यमिक विद्यालयमा कक्षा १२ मा उत्तिर्ण विद्यार्थी र शतप्रतिशत नतिजा दिने शिक्षाका सम्मानित भएका छन् । शुक्रबार एक कार्यक्रमबीच विद्यालयले सफल विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो । 

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले  देवदहलाई शैक्षिक हब बनाउने गरि नगरपालिका अघि बढेको बताए । विगतको तुलानामा यहाँको शैक्षिक गुणस्तर राम्रो बन्दै गएको उल्लेख गर्दै प्रमुख खरेलले विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिको मेहनतले नतिजामा सुधार आएको बताए । नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न कार्ययोजना बनाएर अघि बढेको दावी गर्दै उनले कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई देवदह कै क्याम्पसमा स्नातक गर्न सुझाए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले देवदह नगरपालिकाकै सामुदायीकतर्फ केरवानीका पवन पौडेलले ३.५९ जीपीए सहित नगरमा  प्रथम स्थान हासिल गरेको दावी गरे । केरवानी माविले गुणस्तरीय शिक्षा प्रदान गर्न नमुना विकास कार्यक्रम अन्तरगत काम गरिरहेको र विज्ञान, व्यवस्थापन र शिक्षा विषयको अध्ययनको लागि विद्यार्थीहरू बाहिर जानुपर्ने अवस्था नरहेको उनले बताए ।   

    images
    images
    images

    सो अवसरमा कक्षा १२ उत्तिर्ण विद्यार्थीसंगै शतप्रतिशत नतिजा दिने शिक्षकहरूलाई समेत सम्मान गरिएको छ । 

    विद्यालयका अनुसार शतप्रतिशत नतिजा दिने विषयगत शिक्षकहरू खेमानन्द ज्ञवाली, लक्ष्मण न्यौपाने, निर्मला न्यौपाने, धर्मराज पन्थी, टेक नारायण पौडेल, मनोज कुमार थारू, संजया कुमार शुक्ला, चेतना बस्याल, सिता जैसी, बिबेक पाण्डे, होमनाथ शर्मालाई नगदसहित प्रशंसापत्र र ८० प्रतिशत नतिजा दिने शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरिएको छ । 

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता रहेको कार्यक्रम शिक्षक दिपक न्यौपानेको सन्चालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।