Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माध्यमिक विद्यालयको  ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

केरवानी माध्यमिक विद्यालयको  ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

images
  • केरवानी माध्यमिक विद्यालयको  ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
    images
    images

    रेशम अधिकारी । रुपन्देही देवदहमा रहेको केरवानी माध्यमिक विद्यालयले ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । आइतबार विद्यालयको प्राङ्गणमा भव्य कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो । 

    images
    images
    images

    सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले गुणस्तरीय र व्यवसायीक शिक्षा आजको आवश्यकता रहेको बताएका छ्न् ।
    उनले देश र समाजलाई योगदान पुर्याउने जनशक्ति उत्पादन गर्ने गरी लाग्नु पर्नेमा जोड दिए । 
    सांसद विश्वकर्माले शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिनेमा जोड दिए । उनले विद्यालयहरुले भौतिक पुर्वाधारसंगै शिक्षण गुणस्तरलाई पनि ध्यान दिनु पर्ने बताए । 

    images
    images
    images

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शुसिला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, खड्ग बस्नेत, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, महामाया भवानी माध्यमिक विद्यालयका ऋषिश्वर अर्याल, सगरमाथा आवासीय माध्यमिक विद्यालयका कृष्णप्रसाद पौडेल लगायतले बोल्दै सामुदायिक विद्यालयमा राज्यले लगानी गरेपनि अपेक्षा अनुसार परिणाम आउन नसकेको बताएका थिए । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका कार्यवाहक अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन र प्रअ निर्मल ढुंगानाले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थीए । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति, अक्षयकोष स्थापनाकर्ता, शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा शैक्षिक पुरस्कार, खेलकुद पुरस्कार, एसईईका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयका स्थापना गरिएको विभिन्न अक्षयकोषबाट गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । शिक्षक प्रतिनिधि यज्ञप्रसाद न्यौपानेको स्वागत र शिक्षक कृष्णप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।