देवदह । केरवानी माध्यमिक विद्यालयले वार्षिक कार्यतालिका अनुसार शुक्रवार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ । अन्तर सदनात्मक रुपमा कक्षा १ देखि कक्षा १२ सम्म विभिन्न तहमा प्रतिस्पर्धात्मक कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको बौद्धिक, शारीरिक, मानसिक विकास तथा अनुशासन बृद्धिका लागि प्रतिष्पर्धात्मक कार्यक्रम संचालन गरिएको विद्यालयका प्राचार्य निर्मल निर्मल ढुङ्गानाले जानकारी दिए । विद्यालयमा हुने अतिरिक्त कार्यक्रमले विद्यार्थीमा नेतृत्व, सहकार्य र आत्मविश्वास जस्ता गुणहरू विकास हुने भएकाले नियमित रुपमा कार्यक्रम भइरहेको उनको भनाई छ ।
तहगत रुपमा सम्पन्न भएको कार्यक्रममा कक्षा १-३ तर्फ ब्लाईण्ड बोत्तल गेममा कक्षा १ मा दीपा पत्थरकट्टा प्रथम, रवि हरिजन द्वितीय र कस्मित थापा तृतीय भएको विद्यालयले जनाएको छ ।
त्यस्तै कक्षा २ मा सपना वि.क., विप्लव तिवारी र प्रतिक्षा कठरिया थारु क्रमशः प्रथम, द्वितीय, तृतीय भएका थिए । कक्षा ३ मा सौजन वि.क., कमल अर्याल, दिलकुमारी रेश्मी प्रथम, द्वितीय, तृतीय भएका थिए भने कक्षा ४ र ५ तर्फ भएको व्याक बुक रेसमा कक्षा ४ का अभिषेककुमार दास प्रथम, अनुष्का त्रिपाठी द्वितीय र दिया थापा तृतीय भएका थिए । कक्षा ५ तर्फ सुजन रसाईली प्रथम, रितिका फुन्जाली द्वितीय र प्रेम चौधरी तृतीय भएको प्रा वि संयोजक पवित्रा रिमालले जनाएकी छिन् ।
कक्षा ६-८ तर्फ भएको हाजिर जवाफ प्रतियोगितामा गौतम बुद्ध 'ए' का निशान्त शाह, तेजेन्द्र थापा, आचल काफ्ले र निकिता पौडेलको समूह प्रथम, प्रजापति समूहको श्रीशा शाक्य, जेकी पराजुली, करीश्मा रेग्मी र अदिती पन्थीको समूह द्वितीय तथा यशोधरा 'बि' का सबिना गैरे, सुशील चापागाईं, प्रकृति न्यौपाने र आर्थिक भण्डारीको समूह तृतीय भएको हीरण्यलाल लम्सालले जनाएका छन् ।
त्यस्तै कक्षा ९, १० तर्फ भएको हाजिर जवाफ प्रतियोगितामा प्रशन्न भुर्तेल, वर्षा भट्टराई र आशिष ठाडाको समूह प्रथम, कोहिनुर ढुंगाना, अंकित तिवारी र अश्मी खनालको समूह द्वितीय र अनिषा पौडेल, आदित्य खाम्चा र दिपेश पौडेलको समूह तृतीय भएको विद्यालयका सहायक प्रअ कमल ज्ञवालीले जनाएका छन् ।
कक्षा कक्षा ११ र १२ तर्फ भएको हाजिरी जवाफ प्रतियोगितामा योगिता बस्यालको समूह प्रथम, सिर्जना सापकोटाको समूह द्वितीय र शुक्र सुनारको समूह तृतीय भएको संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।
प्रतियोगिताहरूको सञ्चालन तथा व्यवस्थापन कक्षा १-५ तर्फ मनिषा न्यौपाने, कक्षा ६-८ तर्फ भगवती लम्साल, कक्षा ९-१० तर्फ पर्शुराम न्यौपाले र कक्षा ११-१२ तर्फ यज्ञप्रसाद न्यौपानेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology