देवदह । रूपन्देहीको देवदह-५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयले शिक्षक कर्मचारीसंग ३८ बुंदे कार्यसम्पादन सम्झौता गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विद्यालयले शिक्षक कर्मचारीसंग सम्झौता गरेको प्रधानाध्यापक निर्मल ढुंगानाले बताए ।
'विद्यालयका शिक्षक कर्मचारीबीच भएको कार्य सम्पादन करार २०८०' शिर्षकमा गरिएको सम्झौता पत्रमा विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका साथै सेवा प्रवाहलाई नतिजामुखी बनाई तोकिएको गुणस्तर परिणाम, समय र लागत प्रभावकारिताका लागि कार्यसम्पादन सम्झौता गरिएको उल्लेख छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशिला भट्टराई, वडाध्यक्ष तथा वि.व्य.स. का पदेन सदस्य गणेश डुम्रे तथा शिक्षक अभिभावक संघ अध्यक्ष खेमनारायण लम्सालको रोहवरमा गरिएको सम्झौता पत्रमा प्रधानाध्यापक ढुंगाना र शिक्षक कर्मचारीले हस्ताक्षर गरेका छन्
हेर्नुहोस् सम्झौताको पूर्णपाठ :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology