देवदह । रूपन्देहीको देवदहमा रहेको केरवानी माध्यमिक विद्यालयले विद्यालयको 'मोबाइल एप' संचालनमा ल्याएको छ। विद्यालयसंग विद्यार्थी र अभिभावकलाई जोड्न विद्यालयले मोबाइल संचालनमा ल्याएको प्रधानाध्यापक निर्मल ढुङ्गाना जानकारी दिए।
"‘पेपर लेस’ अवधारणा कार्यान्वयन गर्न र सिकाईमा थप सहजताको लागि हामीले एप संचालनमा ल्याएका छौं" उनले भने, ‘एप’ मा विद्यार्थीको उपस्थिति (ई-हाजिरी) देखि अनलाइन क्लास र विद्यालयको लेखा अभिलेख राख्नेसम्मका सुविधा छन् ।"
'एप' मार्फत विद्यालयमा विद्यार्थी पुगे/नपुगेको कुरा अभिभावकले आफ्नो मोबाइलमै थाहा पाउन सक्छन् । साथै विद्यार्थीले पढाइमा प्रगति गरिरहेका छन् कि छैनन् भनेर एपमै हेर्न सक्छन् । यसका लागि एपबाट विद्यार्थीको ‘प्रोग्रेस कार्ड’ हेर्न मिल्ने सुविधा छ । साथै विद्यालयका सूचनाहरू पनि एपमै उपलब्ध गराइन्छ । आकस्मिक रुपमा विद्यालयको कुनै सूचना दिन परे यो एप निकै उपयोगी हुने ढुङ्गानाको भनाइ छ ।
विद्यार्थी र शिक्षकको हाजिरीसँगै कुन पिरियडमा कुन विषयको पढाइ हुन्छ र कुन शिक्षकले पढाउने भन्ने कुराको जानकारी पनि एपमै हुन्छ । परीक्षा भइसकेपछि विद्यार्थीको प्राप्ताङ्क एपबाटै इन्ट्री गर्न र अभिभावकले विद्यार्थीको रिपोर्ट कार्ड मोबाइल एपबाटै हेर्न सक्छन् ।
त्यस्तै विद्यालयको अकाउन्टिङ पनि यही सफ्टवेयरबाट प्रयोग हुँदै आएको छ । विद्यार्थीले तिर्नुपर्ने सामान्य शुल्कदेखि अन्य विवरण यही एपमा हेर्न मिल्ने व्यवस्था मिलाईएको प्रअ ढुङ्गाना बताए ।
यसबाट शैक्षिक क्रियाकलाप मर्यादित र पारदर्शी बनाउन र छोटो समयमा थोरै जनशक्तिमार्फत धेरै काम गर्न सक्छौं विद्यालयले जनाएको छ ।
विद्यालयको आफ्नै एप सञ्चालनमा आएपछि अभिभावकहरू समेत खुसी भएका छन् । आफ्ना बाबुनानीहरूको गतिविधिहरू यसरी प्रविधिका विभिन्न माध्यमहरू मार्फत अपडेट हुँदा खुसी व्यक्त गरेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थी भर्नाको अवस्था के छ? हेर्नुहोस यो भिडियो सामग्री :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology