Logo

२०८३, श्रावण ३०गते


images
images

महामाया भवानी माविको स्वर्ण महोत्सव : यस्ता छन्, सप्ताहव्यापी कार्यक्रम 

महामाया भवानी माविको स्वर्ण महोत्सव : यस्ता छन्, सप्ताहव्यापी कार्यक्रम 

images
  • महामाया भवानी माविको स्वर्ण  महोत्सव : यस्ता छन्, सप्ताहव्यापी कार्यक्रम 
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयमा स्वर्ण जयन्तिको तयारी तीब्र पारिएको छ ।  बिहिबार देवदहमा पत्रकार सम्मेलन गर्दै विद्यालयले समग्र तयारी र स्वर्ण स्मारक, सरस्वती मन्दिर र बहुउपयोगी मन्च निर्माण कार्य ९० प्रतिशत पुरा भएको जनाएको छ । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक छविलाल घर्ती जिसीले तयारी तीब्र पारिएको र ९० प्रतिशत काम सकिएको बताए । "भौतिक निर्माणको काम लगभग सकिएको छ, अब सप्ताहव्यापी कार्यक्रमको सुरुवातसंगै स्वर्ण महोत्सवको कार्य अगाडी बढ्छ" पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले भने । 

    images
    images
    images

    महोत्सवको प्रशासनिक तयारीबारे बोल्दै विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले फागुन १२ देखि सप्ताहव्यापी कार्यक्रम सुरू हुने बताए । जसअनुसार फागुन १२ गते शनिबार प्रभातफेरी, स्वर्ण महोत्सव उद्घाटन कार्यक्रम, बहुआयामिक मन्चको उद्घाटन, नगर स्थरिय भलिवल प्रतियोगिता लगायतका कार्यक्रम गर्ने बताए । 

    images
    images
    images

    त्यसैगरी फागुन १३ गते नगरस्तरीय अन्तर मावि छात्र भलिवल प्रतियोगिता, १४ गते जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता, नगरस्तरीय चित्रकला प्रतियोगिता, १५ गते रक्तदान कार्यक्रम, शैक्षिक अन्तक्रिया, शैक्षिक सामग्री प्रदर्शन, नगरस्तरीय अंग्रेजी निबन्ध लेखन प्रतियोगिता, फागुन १६ र १७ गते चन्दादाता सम्मान तथा पुरस्कार वितरण कार्यक्रम र १८ गते सरस्वती मन्दिर उद्घाटन, स्मारिका विमोचन, दिपावली लगायतका कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।