Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

कविता : आमाको फोन ­

कविता : आमाको फोन ­

images
  • सेतोमसी सहकर्मी
  • कविता : आमाको फोन ­
    images
    images

    कविता : आमाको फोन ­

    images
    images
    images

    आमाको माया, 
    आमाको चिन्ता र 
    आमाको अर्ती
    एकैपटक आउँछन् अचेल फोनको बाटो भएर । 

    images
    images
    images

    ‘चिसो लाग्ला पानी तताएर खाए
    समयमै कोठामा आए
    अबेरसम्म पढेर निद्रा नबिगारे
    खराब साथीहरुको संगत नगरे
    मान्छेहरुको मन बिझाउने कुरा नगरे
    अन्याय नगरे, अन्याय नसहे
    फेसबुकमा धेरै समय नभुले
    जमाना खराब छ बाबु
    सबै स्त्रीहरु एउटै हुँदैनन्, बचेर हिडे
    सबै स्त्रीहरु दिदिबहिनी सरह हुन्, कुनियत नराखे
    झ्याल ढोका राम्रोसंग लगाएर सुते’
    यस्तै यस्तै
    आमाको माया, 
    आमाको चिन्ता र 
    आमाको अर्ती
    एकैपटक आउँछन्, अचेल फोनको बाटो भएर । 

    images
    images
    images

    ‘मलाई मेरो ज्यानको माया छैन र आमा?’
    आश्वस्त पार्ने चेष्टामा म बोल्छु
    र आमा दार्शनिक जवाफ फर्काउँछिन् 
    ‘आफ्नो ज्यानको माया आफैलाई कम हुन्छ बाबु’
    म अवाक हुन्छु र सोच्छु
    आमाको माया छ र म ज्यूदो हुनुको मजा छ
    आमाको चिन्ता छ र म नवहकिनुको कारण छ
    आमाको अर्ती छ र म ‘म’ हुनुको औचित्य छ ।

    सर्जक : विनोद उदय

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।