Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथाका विद्यार्थी, शिक्षक र अभिभावकलाई भलुही मेडिकल कलेजमा छुट

सगरमाथाका विद्यार्थी, शिक्षक र अभिभावकलाई भलुही मेडिकल कलेजमा छुट

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथाका विद्यार्थी, शिक्षक र अभिभावकलाई भलुही मेडिकल कलेजमा छुट
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासीय माध्यामिक विद्यालय र देवदह नगरपालिका वडा नं ९ मा अवस्थित देवदह मेडिकल कलेज बिच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ । बुधबार दुई संस्थाबीच भएको सम्झौतामा सगरमाथामा अध्ययन गर्ने विद्यार्थी, अध्यापन गर्ने शिक्षक-कर्मचारी तिनका परिवार र विद्यार्थीका अभिभावकलाई समेत समेट्ने गरि विभिन्न शिर्षकमा औषधि उपचारमा छुट गर्ने उल्लेख छ । 

    images
    images
    images

    सम्झौता अनुसार सगरमाथासंग जोडिएका विद्यार्थी, शिक्षक, कर्मचारी परिवार र अभिभावकहरूले देवदह मेडिकल कलेजमा उपचार गर्दा ओपिडी टिकटमा ५० प्रतिशत, वेड चार्जमा २५ प्रतिशत, सघन उपचारमा १० प्रतिशत, सर्जिकल उपचार, ल्याव र रेडियोलोजिमा १५ प्रतिशत र अन्य उपचारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    सम्झौतामा मेडिकल कलेजको तर्फबाट प्रमुख गोपाल पोखरेल र सगरमाथाको तर्फबाट प्राचार्य कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।