Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा खेल सप्ताह अन्तर्गत विभिन्न खेल सम्पन्न

सगरमाथा खेल सप्ताह अन्तर्गत विभिन्न खेल सम्पन्न

images
  • सगरमाथा खेल सप्ताह अन्तर्गत विभिन्न खेल सम्पन्न
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह-७, शीतलनगरका विद्यार्थीहरुको खेल प्रतिभालाई प्रस्फोटन गराउने उद्देश्यले पुस १ गते देखि ४ गते सम्म सञ्चालन हुने गरी आयोजना गरिएको खेल सप्ताह अन्तर्गत आज  कक्षा ८,९ र १० कक्षाका छात्र छात्रातर्फ विभिन्न खेल सम्पन्न भएका छन् ।

    images
    images
    images

    आज  भएको १०० मिटर छात्रा दौड प्रतियोगितामा रमा पाण्डेले प्रथम ,जस्मिन कुँवरले  द्धितीय ,विपना थापाले तृतीय स्थान हासिल गरे । त्यसैगरी १०० मिटर छात्र दौड अन्तर्गत सुप्रिम थापाले प्रथम ,आयुष हमालले द्धितीय र समिर रानाले तृतीय स्थान हासिल गरे । यसै गरी २०० मिटर छात्रातर्फ रमा पाण्डेले प्रथम , विपना थापाले द्धितीय, रणुका थापाले तृतीय स्थान हासिल प्राप्त गरे । २०० मिटर छात्रतर्फ समिर रानाले प्रथम , सुप्रिम थापाले द्धितीय र सौरव हमालले तृतीय स्थान हासिल गरे ।

    images
    images
    images

    यसैगरी छात्रा हाइजम्पतर्फ  जस्मिन कुँवरलेप्रथम ,विपना थापाले द्धितीय , जान्वी मास्के मगरले तृतीय स्थान हासिल गरे । छात्र हाइजम्पतर्फ  सोयम नेपालीले प्रथम , लविस थापाले द्धितीय र समिर खत्रीले तृतीय स्थान हासिल गरे । आजै सम्पन्न भएको छात्रा लङजम्पतर्फ जस्मिन कुँवरले प्रथम, विपना थापाले द्धितीय, चन्द्रीका राजकोटी तृतीय स्थान हासिल गरे । छात्र लङजम्पतर्फ समिर रानाले प्रथम , कपिल राना ,सुमित थापाले द्धितीय र आयुष हमालले तृतीय स्थान प्राप्त गरेको खेल संयोजक दधिराम ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।