Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा शिक्षक-अभिभावक उत्प्रेरणा कार्यक्रम

सगरमाथा माविमा शिक्षक-अभिभावक उत्प्रेरणा कार्यक्रम

images
  • सगरमाथा माविमा शिक्षक-अभिभावक उत्प्रेरणा कार्यक्रम
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका शिक्षक र प्ले ग्रुपदेखि कक्षा ५ सम्मका अभिभावकहरूको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका शिक्षा अधिकारी लोकराज पन्थीले शिक्षा नै समाजको रुपान्तरणको आधार रहेको बताए । शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी र अभिभावक सबै उत्तिकै जिम्मेवार भएको उल्लेख गर्दै उनले बालबालिकाको शिक्षाका लागि अभिभावकहरू अझ बढी सजग हुनुपर्ने विचार व्यक्त गरे । 

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले सकारात्मक सोच र विचारले मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताए । 

    images
    images
    images

    कार्यक्रममा योग प्रशिक्षक ब्रह्माकुमार राजु घलेले सहजीकरण गरेका थिए । 

    कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप अधिकारीले गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।