देवदह । सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा कक्षा शिक्षकहरु सुमन पाण्डे र हेमराज बुढाथेकीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरे । सो अवसरमा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कक्षा १० मा राष्ट्रिय स्तरको परीक्षा हुने भएकाले विद्यालय र घरमा उनीहरुको पठन पाठनको विषेश निगरानी गर्नुपर्नेमा जोड दिए । विद्यालयका ५० बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology