Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

लार्भा भित्रकी पुतली

लार्भा भित्रकी पुतली

images
  • सेतोमसी सहकर्मी
  • लार्भा भित्रकी पुतली
    images
    images

    कविता : लार्भा भित्रकी पुतली 

    images
    images
    images

    जान्ने भए देखि नै रङ्गहरुसँग मोह छ मलाई 
    आमाको छिर्केमिर्के साडी 
    निधारको रातो टीका 
    गलाको हरियो पोतेमा मेरी आमा मलाई सार्है राम्री लाग्छ 
    मैले पनि कैयौं पटक
    यो पहिरनमा आफूलाई  ऐना अगाडि नियालेकी छु
    म ठ्याक्कै मेरी आमा जस्तै देखिन्छु
    परन्तु बन्द कोठा भित्र मात्र म यो सब गर्न सक्छु।
    हजुरलाई इन्द्रेणी मन पर्छ भन्नु भएको होइन ?
    फेरि मलाई रङ्गहरुमा किन देख्न सक्नु भएन ?

    images
    images
    images


    म बिस्तारै यौवन उन्मुख छु ,
    मलाई मेरै कक्षाको ऊ असाध्य मन पर्छ
    पुतली खेल्ने बेला देखि नै हो 
    आजकल लाग्छ उसको नजर मबाट नछुटोस्
    मेरो मनवदनका गुलाफी अधर सम्म 
    उसका एक जोर ओठ आईपुगुन्   
    ऊ मलाई देखेर मख्ख परोस् ,
    हात समाउँदै रनबन डुलुँ
    गरुँ पिरतिको मीठो बाचा।

    images
    images
    images


    म भित्र हुर्किरहेकी  यौवना,
    खुलेर हाँस्न सकोस् , 
    नाच्न सकोस् आफ्नै चालढालमा 
    बाँच्न सकोस् एक आम नागरिक भै ।


    सपनालाई बिपना, 
    कल्पनालाई वास्तविक  तुल्याउन 
    मैले मलाई लुकाईरहेको लार्भा 
    च्यातेर बाहिर आउनु पर्छ 
    यो बिल्कुल नयाँ जातको पुतली हुनेछ ।
    किन दु: खी देखिनु भएको 
    वाग राम्रो विविधताले हुन्छ 
    हजुरले भन्नू भएको होइन ?
    के पारालिङ्गीहरु कुनै उपग्रहबाट 
    फुत्त खसालिएका हुन् 
    जसको अस्तित्व धरामा स्वीकार्य छैन ? 

    सर्जक : नमिता दवाडी, गोर्खा नेपाल 
    हाल: न्युजिल्यान्ड

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।