Logo

२०८३, श्रावण ३०गते


images
images

बालदिवस विशेष

कविता : मेरो बालदिवसको शुभकमना

कविता : मेरो बालदिवसको शुभकमना

images
  • कविता : मेरो बालदिवसको शुभकमना
    images
    images

    खुट्टामा छैनन् जुत्ता मेरा
    झोलामा छैन कापी ।
    स्कुलको छैन पोशाक मेरो
    खेल्दैनन् म सँग साथी ।।

    images
    images
    images

    भोको  पेट जान्छु स्कुलमा कहिले
    समयमा छैन खाना ।
    मजदुरी ज्याला गर्नकोलागी
    साहुको घरमा आमा ।।

    images
    images
    images

    फाटेको झोला बोकेर बाबा
    विदेश जानू भाथ्यों ।
    खोजेको ऋण माग्नलाई
    घरमा साहूँ आथ्यों ।।

    images
    images
    images

    पुलछैन तर्ने खोला माथि 
    जान्छु झुण्डी तुईनमा ।
    के के हुन्छ वालअधिकार
    केही पनि थाहा छईन ।।

    करोडौं खर्च गरेर राज्य
    मनाउँछ प्रत्येक वर्ष ।
    आउँछ बालदिवस जान्छ बालदिवस
    मनमा छैन हर्ष ।।।
     
    दुर्गालाल तिवारी
    प्रधानाध्यापक, सन्दिप आधारभुत विद्यालय, देवदह ९

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # बालदिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।