Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

जवाफ देउ

जवाफ देउ

images
  • जवाफ देउ
    images
    images

    ए भष्ट्रहरु हो ! एकपटक सम्झ ती आन्दोलन
    सम्झ फेरि तिमीले बोलेका ती आश्वासन 
    तिम्रो बोलीमा उर्लिएको त्यो मानव सागर
    त्यो गड्गडाहट तालीको आवाज ।।

    images
    images
    images

    के यहि गर्न थियो ?
    तिम्लाई प्रधानमन्त्री मन्त्री बनाउन
    आफन्तलाई जागिर खुवाउन
    कलकारखाना उद्योग निजिकरण गर्न
    विदेशीको तलुवा चाट्न
    देशलाई कङ्गाल बनाउन
    युवा जनशक्ति विदेश खेद्न
    देउ जवाफ देउ
    अब तिम्ले जबाफ दिनै पर्छ ।
     याद गर
    तिम्रो श्वासमा शहीदको श्वास छ
    तिम्रो रगतमा शहीदको रगत छ
    तिम्रो सत्तामा शहीदको त्याग छ
    तर आज किन शहीदलाई फेरि सहिद बनायौ
    यस्तो सुन्न र देख्न नपरोस
    तिम्रा खुट्टा भाचेर बिच बाटोमा घिसारेको
    जनताले शरीर सबै चिथोरेको
    जनताले छि छि र दुरदुर गरेको
    जवाफ देउ 
    अब जवाफ दिनै पर्छ ।। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।