Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

images
  • एनपिएलको लागि राखेपमा हेल्प डेस्क
    images
    images

    काठमाडौं । नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ।

    images
    images
    images

    आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे ।

    images
    images
    images

    हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ।  राखेपको प्रशासन शाखाका सानु राजा केसीको संयोजकत्वमा हेल्प डेस्क संचालन  गरिएको हो।

    images
    images
    images

     यसैगरी राखेप सदस्य सचिव घिसिङले क्यानका सचिव खड्कालाई जानकारी पत्र पनि प्रदान गरे ।‌

    हेल्प डेस्कले विशेष गरी एनपिएलमा सहभागी विदेशी खेलाडीको भिसा र श्रम स्वीकृति प्राप्तीका लागि आवश्यक समन्वय गर्नेछ।

    हेल्प डेस्कको सुरूवातसँगै सहजिकरणको सम्पूर्ण काम राखेपले एकद्वारबाट गर्ने सदस्य सचिव घिसिङले बताए। सरकारी प्रक्रिया अनुसार भिसा र श्रम स्वीकृतिको प्रक्रिया निकै लामो र झंझटिलो रहँदै आएको गुनासो बारम्बार उठ्दै आएको छ।

    सोही कारण सुरूवाती प्रक्रियामा नै सबै कागजातको लागि हेल्प डेस्कले सहजिकरण गर्दा प्रकिया सहज हुने जनाइएको छ। अहिलेको लागि एनपिएलबाट सुरूवात भएपनि जरूरी भएमा अन्य खेललाई पनि सहयोग गर्ने  सदस्य सचिव घिसिङले जिकिर गरे ।

    यो किसिमको साथका लागि सचिव खड्काले परिषदलाई धन्यवाद दिए। यो सुरूवात उत्कृष्ट भएको र भविष्यमा सबै खेललाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    एनपिएलको चर्चा अहिले निकै चुलिएको छ। मार्की खेलाडीको तय भैसकेको छ। ८ मार्की खेलाडीले २० लाख प्राप्त गर्ने क्यानले घोषणा गरिसकेको छ। ८ टिमको घोषणा पनि भैसकेको छ। अक्सनका लागि खेलाडी रजिस्ट्रेसन पनि खुल्ला भैसकेको एनपिएल मंसिर १५ गते देखि पुस ६ गते सम्म संचालन हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।