Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएल : एलिमिनेटरमा कर्णाली र चितवन तथा क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच भिडन्त

एनपिएल : एलिमिनेटरमा कर्णाली र चितवन तथा क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच भिडन्त

images
  • एनपिएल : एलिमिनेटरमा कर्णाली र चितवन तथा क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच भिडन्त
    images
    images

    काठमाडौं । मंसिर १५ गतेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । एनपिएलअन्तर्गत आज एलिमिनेटर र क्वालिफायरका खेलहरु सञ्चालन हुँदैछन् ।

    images
    images
    images

    एलिमिनेटर खेल बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।

    images
    images
    images

    दिउँसो १ बजे पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।

    images
    images
    images

    पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल शनिबार दिउँसो १२ बजे सुरु हुनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।