काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यी दुई टिमबीचको फाइनल हेर्ने दर्शक बिहानैबाट मैदान पुगिसकेका छन्। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी प्रतियोगितामा तेस्रो पटक हुन लागेको हो ।
समूहचरण र पहिलो क्वालिफायरमा हारेको जनकपुर तेस्रो तथा निर्णायक खेलका रुपमा रहेको फाइनलमा उपाधि जित्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम तेस्रो पटक जनकपुरलाई हराउने लक्ष्यमा रहेको छ।
फाइनलका लागि सुदूरपश्चिम रोयल्सको प्लेइङ ११:
विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा
जनकपुर बोल्ट्सको प्लेइङ ११:
आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्ष थकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology