काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
टियू मैदान कीर्तिपुरमा केहीबेरमा सुरु हुने खेलमा कर्णालीले पहिले ब्याटिङ गर्नेछ।
प्रतियोगितामा आजको खेलबाट फाइनल पुग्ने अन्तिम २ टिमको टुंगो लाग्ने छ। ‘एलिमिनेटर’ जितेर बलियो आत्माविश्वासका साथ क्वालिफायर खेल्न लागेको कर्णाली र पछिल्ला दुई खेलमा लगातार हारेको जनकपुर बिचको यो खेल ‘गर या मर’का रुपमा रहने छ।
जनकपुरले लिगचरणको अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले हारेको थियो। त्यसका बाबजुत शीर्ष २ मा रहेर प्लेअफमा पुग्दा पहिलो क्वालिफायर खेल्न पाएको थियो। तर पहिलो क्वालिफायरमा पनि उसको हार यात्रा नरोकिंदा स्वभाविक दबाबमा रहेको छ।
कर्णाली भने लिगचरणको अन्तिम खेलमा हारका बाबजुत एलिमिनेटरमा चितवनलाई हराएर क्वालिफायर-२ मा पुगेको हो।
जनकपुर बोल्ट्स प्लेइङ ११:
आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्ष थकर, जिमी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
कर्णाली याक्स प्लेइङ ११:
जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology