Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएल : उपाधि जित्न सुदूरपश्चिमद्वारा जनकपुर समक्ष १ सय ८५ रनको लक्ष्य प्रस्तुत

एनपिएल : उपाधि जित्न सुदूरपश्चिमद्वारा जनकपुर समक्ष १ सय ८५ रनको लक्ष्य प्रस्तुत

images
  • एनपिएल : उपाधि जित्न सुदूरपश्चिमद्वारा जनकपुर समक्ष १ सय ८५ रनको लक्ष्य प्रस्तुत
    images
    images

    काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जित्न फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो। सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको थियो।

    images
    images
    images

    तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिमले २ सय रनको आँकडा भने पूरा गर्न भने सकेन। सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए।

    images
    images
    images

    उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए।

    उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले समेत १४ रन बनाए।

    त्यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए। जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।