Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएल: भोलिदेखि ‘प्लेअफ’ का खेल हुने

एनपिएल: भोलिदेखि ‘प्लेअफ’ का खेल हुने

images
  • एनपिएल: भोलिदेखि ‘प्लेअफ’ का खेल हुने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबारदेखि उपाधि दौडको रोमाञ्चक्ता सुरु हुँदैछ। प्लेअफ समीकरण पूरा भएसँगै एक दिनको विश्रामपछि एनपिएलको अर्को चरण सुरु हुन लागेको हो। टियू मैदान कीर्तिपुरमा हुने खेलमा दर्शकको भव्य उपस्थितिको आँकलन गरिएको छ।

    images
    images
    images

    प्लेअफ समीकरण पूरा भएसँगै बुधबारको पहिलो खेलमा बिहान ९ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। यो खेल जित्ने टिमले फाइनल पुग्नका लागि ‘क्वालिफाइर–२’ मा स्थान बनाउने छ।

    images
    images
    images

    दिनको दोस्रो खेल भने धेरैका लागि प्रतिक्षित छ। लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर पुगेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फाइनल पुग्न दिउँसो १ बजे भिडन्त हुनेछ। सुदूरपश्चिम र जनकपुरबीचको विजेताले उपाधि भिडन्तमा यात्रा पक्का गर्नेछ।

    images
    images
    images

    पराजित टोलीले अर्को एउटा अवसर प्राप्त गर्नेछ। बिहीबार चितवन र कर्णालीबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ। त्यसमा विजेता टोलीले शनिबार हुने फाइनलको टिकट पक्का गर्नेछ।

    एनपिएल्को विजेतालाई १ करोड १० लाख :

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ। यो नेपाली खेलकुदकै सर्वाधिक उच्च पुरस्कार राशि हो।

    त्यस्तै, दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

    एनपिएलका शीर्ष ४ टोलीले पुरस्कार राशिमै कुल २ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि नै क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने घोषणा गरिसकेको छ। यसबाहेक प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ५० हजार र क्याच अफ दी म्याचलाई २५ हजार प्रदान गरिदै आएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।