Logo

२०८३, श्रावण ३०गते


images
images

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती

images
  • तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो।

    images
    images
    images

    काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे। माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए। शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

    images
    images
    images

    पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दबदबा बढाएको थियो। चितवनका लागि सोहेल तनवीरले पाँच विकेट लिँदा मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एकएक विकेट लिएका हुन्। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

    images
    images
    images

    अहिले प्रतिस्पर्धामा रहेका यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

    काठमाडौँ गुर्खाजमा करण केसीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

    काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर छन्।

    चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

    चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।