Logo

२०८३, श्रावण ३०गते


images
images

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

images
  • कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य
    images
    images

    काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

    images
    images
    images

    कर्णाली याक्सका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गरे ।

    images
    images
    images

    कप्तान कामी २९ र अर्जुनले ३३ रनको आक्रामक पारि खेले । यस्तै गुल्शन कुमार झाले सर्वाधिक ३६ रन बनाए ।

    कर्णाली याक्सका ओपनर देव खनाल १ रनमा आउट भएका थिए भने अर्का ओपनर शिखर धवन १४ रनमा पेभिलियन फर्किए ।

    चाडविक वाल्टनले ८ रन बनाउँदा बाबर हायतले १२ रनको योगदान दिए । जिशान मकसूद शून्य रनमा आउट भए ।

    सोमपाल कामी २९ र नन्दन यादव शून्य रनमा नट आउट रहे ।

    जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । किशोर महतो, ललितनारायण राजवंशी, हर्ष थाकेर र जेम्स निशमले समान १–१ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।