Logo

२०८३, श्रावण ३०गते


images
images

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध दियो १८३ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध दियो १८३ रनको लक्ष्य

images
  • सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध दियो १८३ रनको लक्ष्य
    images
    images

    काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

    images
    images
    images

    सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्ध शतक बनाए । २४ बल सामना गरेका उनले ५७ रनको नटआउट पारि खेले ।

    images
    images
    images

    २४ बल सामना गरेका उनले ५७ रनको नट आउट पारि खेले । रोयल्सका ओपनर अमित श्रेष्ठ १ रनमा आउट भए भने विनोद भण्डारीले २३ रन बनाए ।

    ब्रान्डन मक्मलेनले ३६ रन बनाए भने आरिफ शेखले ९ रनको योगदान दिए । सेफ अलि जेबले १४ रन बनाए ।

    इशान पाण्डेले २१ रन जोडे । स्कट कुगेलेइनले १० रनको योगदान दिए ।

    कप्तान ऐरी ५७ रनमा र बसन्त खत्री ४ रनमा नट आउट रहे ।

    बलिङमा भने विराटनगरका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसी, क्रिस सोल र इस्मत आलमले समान १–१ विकेट लिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।