Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन राइनोजसँग पोखरा एभेञ्जर्सको लज्जास्पद हार

चितवन राइनोजसँग पोखरा एभेञ्जर्सको लज्जास्पद हार

images
  • चितवन राइनोजसँग पोखरा एभेञ्जर्सको लज्जास्पद हार
    images
    images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ ।

    images
    images
    images

    चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेञ्जर्स १३.२ ओभरमा ७४ रनमा अल आउट भएको हो ।

    images
    images
    images

    सोहेल तनवीर र रिजन ढकालले घातक बलिङ गर्दा पोखरा एभेञ्जर्स ७४ रनमा समेटिएको हो ।

    images
    images
    images

    पोखरा एभेञ्जर्सलाई सस्तैमा समेट्न सोहेल, रिजन र लुक बेन्केनस्टाइनले समान ३–३ विकेट लिए । दीपक बोहराले १ विकेट लिए ।

    पोखरा एभेञ्जर्सका लागि नारायण जोशीले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    पोखराका म्याट क्रिचले बनाएको १७ रन नै पोखराको दोस्रो ठुलो रन हो । कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भए ।

    दिनेश खरेल १ रनमा आउट हुँदा दिलीप नाथले ४ रन जोडे । बास डे लीडे शून्य रनमा आउट हुँदा किरण ठगुन्ना १ रनको योगदान गरे ।

    रेमन रेफरले १ रनको योगदान दिँदा माइकल लीस्क शून्य रनमा आउट भए । विपिन खत्री ९ रनमा आउट हुँदा सागर ढकाल शून्य रनमा नट आउट रहे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो ।

    चितवन राइनोजका लागि रवी बोपाराले अर्ध शतक बनाए । उनले ३८ बलमा ५१ रन बनाए ।

    राइनोजका कप्तान कुशल मल्लले ३८ रनको आक्रामक पारि खेले । ओपनर हसन इसाखिलले १४ रन बनाए । अर्का ओपनर दीपक बोहरा २ रन बनाएर आउट भए ।

    लुक बेन्केनस्टाइनले १६ रन बनाए भने सन्तोष कार्कीले ११ रनको योगदान दिए ।

    शरद भेषवाकर ११ र अमर रौटेला १३ रनमा नट आउट रहे ।

    पोखरा एभेञ्जर्सका विपिन खत्री, बास डे लीडे र रेमन रेफरले समान २–२ विकेट लिए । स्पिनर सागर ढकालले १ विकेट लिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।