Logo

२०८३, श्रावण ३०गते


images
images

लोकेशको अर्धशतकमा विराटनगरको पहिलो जित

लोकेशको अर्धशतकमा विराटनगरको पहिलो जित

images
  • लोकेशको अर्धशतकमा विराटनगरको पहिलो जित
    images
    images

    काठमाडौं । ओपनर लोकेश बमको अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेकाे छ ।

    images
    images
    images

    विराटनगरको तेस्रो खेलमा यो पहिलो जित हो। लुम्बिनीले पहिलो खेल गुमाएको छ। बुधवारको दोस्रो खेलमा १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।

    images
    images
    images

    विराटनगरका लोकेशले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि लोकेश र मार्टिन गप्टिलले ६२ रनको महत्वपुर्ण साझेदारी गरे। गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।

    images
    images
    images

    पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए ।

    बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेशको बलमा बेन कटिङबाट क्याच आउट भए । बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरे ।

    राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिसी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए

    क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेशले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।

    लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। लामो सटको प्रयासमा रोहित राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा प्रतिस जिशीबाट क्याच भए ।

    टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । दुई रन लिने चक्करमा मुर्स रन आउट हुन पुगे ।

    पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । आशुतोष सिंगल लिने धुनमा रन आउट हुन पुगे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए । अर्जुन इस्मात आलामको बलमा बोल्ड आउट भए ।

    सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे । जाफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले गप्टिलद्वारा क्याच आउट गराए । त्यसको दुई बलपछि नै बेन कटिङ सन्दीपको बलमा इस्मात आलामबाट रन आउट भए ।

    विवेक ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे । विराटनगरले अतिरिक्तमा २९ रन खर्चिएको थियो ।

    विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।

    आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो । काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो ।

    एनपिएलमा बिहीवार दुई खेल हुनेछ। पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।