Logo

२०८३, श्रावण ३०गते


images
images

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

images
  • जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित
    images
    images

    काठमाडौं । नेपाल प्रिमयर लिग (एनपिएल) मा जनकपुर बोल्टस‍्ले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

    images
    images
    images

    १७.१ ओभरमै ३ विकेट गुमाएर जनकपुरले पोखराले दिएको १ सय ३९ रनको लक्ष्य पूरा गरेको हो।

    images
    images
    images

    उत्कृष्ट सुरुवात गरेको जनकपुरका लागि आसिफ शेख र लाहिरु मिलन्थाले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टिमको जितको आधार तयार गरेका थिए।

    images
    images
    images

    १० रनको अवस्थामा अनिल साहालाई पहिलो विकेटका रुपमा गुमाएको जनकपुरका लागि लाहिरु मिलन्थाले ३२ बलमा ४५ रन जोडे। त्यस्तै आसिफ साहाले ३३ रन बनाउँदा हर्ष थोकर १३ रनमा अविजित रहे।

    त्यस्तै, जेम्मि निशमले २० बलमा ४० रनको विष्फोटक इनिङ खेले। उनले आफ्नो इनिङमा ५ छक्का प्रहार गरेका थिए। पोखरका लागि विपिन खत्री र माइकल लिस्क र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। पोखराका लागि मार्कुस क्रिच्लीको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै एन्ड्रिस गौस २० रनमा आउट हुँदा दिनेश खरेल १० रन बनाएर आउट भए।

    त्यस्तै दिलिप नाथ ११ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै रेमन रेइफर १७ रनमा आउट हुँदा माइकल लिस्क २५ रन बनाएर आउट भएका थिए। कप्तान कुशल भुर्तेल लगातार दोस्रो खेलमा चल्न सकेनन्। उनी ६ रनमा पेभिलियन फर्किएका थिए।

    जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा जेमि निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले १ विकेट लिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।